scheduleशनिवार श्रावण ४ गते, २०७६

कम्युनिष्ट सरकारले समृद्वि ल्याउन सक्दैन भने कम्युनिष्टको काम छैन : प्रचण्ड

चितवन, २५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट सरकारले काम गर्न नसके नेपालमा कम्युनिष्टको काम नरहेको बताए । बुधबार चितवन महोत्सव–२०७५ को उद्घाटन गर्दै प्रचण्डले भने, ‘यदि कम्युनिष्ट सरकारले समृद्वि ल्याउन सक्दैन भने कम्युनिष्टको पनि काम छैन ।’

उनले अबको दश वर्ष समृद्विका लागि काम गरेर माथि जाने बताए । सबैको साथ र सहयोगमा नेपाललाई नमूना बनाएर विश्वसामु चिनाउने उनको दाबी थियो । चिनियाँ नेता देङ साओ पिनले चीनको विकास गर्नका लागि नयाँ मोडल अपनाएको स्मरण गर्दै प्रचण्डले ‘बिरालो कालो होस् या सेतो होस्’ केही फरक नपर्ने बताए ।

समृद्विका लागि निजी क्षेत्र र सरकारी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने उनले बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob