scheduleसोमवार आषाढ़ २ गते, २०७६

कुर्दिश लडाकूको मामिलामा ठूलो गल्ति गर्दैछ अमेरिकाः टर्की

एजेन्सी, २५ पुस । टर्कीका राष्ट्रपति रेसेप तय्यीप इर्दोआनले अमेरिकी अधिकारीको कुर्दिश साझेदारको सुरक्षाबारे दिएको बयानलाई मंगलबार भर्त्सना गर्दै त्यो एउटा ‘गम्भीर गल्ती’ भएको बताएका छन् ।

उत्तरी सिरियामा सशस्त्र समूहलाई नियन्त्रण गर्ने र त्यहाँबाट अमेरिकी फौजलाई फिर्ता लाने विषयमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टन र राष्ट्रपति इर्दोआनका प्रवक्ता इब्राहिम कालिनबीच अंकरामा वार्ता भएको थियो ।

वार्तापछि दुईपक्षबाट संयुक्त प्रेस विज्ञप्ती निकाल्ने योजना एकाएक रद्द हुनुका साथै बोल्टनले इर्दोआनलाई नभेटी टर्कीबाट फिर्ता आउने भएका छन् । कुर्दिश लडाकूको सम्बन्धमा दुई मुलुकबीच सहमति बन्न नसकेपछि यस्तो त्यस्तो हुने सम्भावना छ ।

आइतबार इजरायलको यात्राको दौरान बोल्टनले आइएरविरुद्धको लडाईमा अमेरिकालाई सहयोग गर्ने उसको कुर्दिश साझेदारको सुरक्षा प्रत्याभूति टर्कीले दिने शर्तमा मात्र उसले सिरियाबाट बाहिरिने बताएका थिए ।

‘बोल्टनले इजरायलबाट दिएको सन्देशलाई हामी स्वीकार गर्न सक्दैनौं । हामी धोकामा रहन सक्दैनौं,’ इर्दोगानले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob