scheduleआइतवार आषाढ़ १ गते, २०७६

दुई तिहाईको सरकारसँग कुनै योजना नै छैन : काँग्रेस महामन्त्री कोइराला

फाइल तस्बिर

कञ्चनपुर, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले दुई तिहाईको सरकारसँग कुनै पनि योजना नरहेको बताएका छन् । कञ्चनपुरको बेलौरीमा आयोजित नेपाली काँग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘वर्तमान कम्युनिष्ट सरकारसँग दुई तिहाई त छ तर योजनाबिहिन र स्थिरता कायम गराउनै सक्दैन ।’

महामन्त्री कोइरालाले चुनाव जित्न काँग्रेसविरुद्व मोर्चाबन्दी गरेर एमाले–माओवादी गठबन्धनले दुई तिहाईको सरकार बनाएपनि मुलुक विकासको योजना भने नभएको बताए ।

नेपाली काँग्रेसको महासमिति भेलाले पार्टीलाई कसरी एकजुट बनाउने बाटोमा लगेको उनको भनाइ थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob