scheduleबिहिवार भाद्र ५ गते, २०७६

रियल मड्रिडलाई राहत, लेगानेसविरुद्ध सहज जित

काठमाडौँ, २६ पुस । गएराति भएको कोपा डेल रे कपमा रियल मड्रिडले लेगानेसलाई ३-० गोलले पराजित गरेको छ ।

पहिलो लिग चरणको खेलमा रियलले आफ्नो घरेलु मैदानमा जित हात पारेको हो ।

रियलका लागि खेलको ४४ औ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफमा लुकास भाजकुइजले रियलका लागि दोस्रो गोल गरे ।

खेलको ७७ औ मिनेटमा भिनसियस जुनियर गोल गरे । तीन गोलको अग्रता बनाएको रियलले अर्को खेल लेगानेसको घरेलु मैदानमा खेल्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage