scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

माघे संक्रान्ती र माघीको अवसरमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, २६ पुस ।  गण्डकी प्रदेश सरकारले माघ १ गते माघे संक्रान्ती र माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

विशेष चाड माघी र अन्यले मनाउँदै आएको माघे संक्रान्तीलाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको भौतिक विकास पूर्वाधार मन्त्री तथा सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

गण्डकी प्रदेशमा रहेका सबै शैक्षिक सस्था, सरकारी तथा सार्वजनीक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनीक संस्थानमा सार्वजनीक विदा हुने उनले बताए । प्रदेश ५ सरकारले पनि माघीको अवसरमा विदा दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob