scheduleआइतवार चैत्र १० गते, २०७५

हतियारधारी समूहको आक्रमणमा परी ४२ गोठालाको मृत्यु


जुबा, २६ पुस । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् ।

सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले सिन्ह्वालाई दिएको जानकारीअनुसार गत गत आइतबार यो घटना भएको हो ।
‘मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ,’ बिलुले भने ।

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकाँश महिला र बालबालिका रहेको जानकारी दिए ।

घाइतेहरूको अवस्था स्थिररहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् ।

घटना भएको क्षेत्र दशकौँदेखि साप्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हँुदै आएको छ । त्यस क्षेत्रमा बालयौन दुव्र्यवहारलगायतका अन्य हिंसा पनि हुने गरेको छ । रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob