scheduleसोमवार माघ ७ गते, २०७५

कंगोमा राष्ट्रपतीय चुनावमा इतिहास बनाउँदै प्रतिपक्षी उम्मेदवार, जीतको सम्भावना बढ्यो

एजेन्सी, २६ पुस । डेमोक्रेटिक रिपब्लिक कंगोको कडा प्रतिस्पर्धात्मक राष्ट्रपतिय चुनावमा प्रतिपक्षी उम्मेदवार फेलिक्स हिसीकेदीले अगाडी आइरहेको त्यहाँको निर्वाचन आयोगले बताएको छ ।

हालसम्मको मत परिणामले फेलिक्स अर्को प्रतिपक्षी दलका उम्मेद्वार मार्टिन फायुलु र सत्ताधारी गठबन्धनका उम्मेदवार इमानुएल सादारीभन्दा अघि रहेको देखाएको छ ।

यदि फेलिक्सको मत परिणाम यहिँ गतिमा अगाडी बढ्ने हो भने कंगो स्वतन्त्रता भएयता राष्ट्रपति पदमा जीत हासिल गर्ने उनी पहिलो विपक्षी उम्मेदवार हुनेछन् ।

वर्तमान राष्ट्रपति जोसेप काबिला १८ वर्षको कार्यकालपछि पदबाट राजीनामा गर्दैछन् । चुनावको परिणाम यस अघि आइतबार नै घोषणा हुने अपेक्षा गरिएको थियो । तर अन्तरिम परिणाम अझै पनि परिवर्तन हुनसक्ने देखिएको छ ।

बिहीबारको सुरुवाती घण्टामा कंगोको राष्ट्रिय निर्वाचन आयोगका प्रमुख कोर्निल्ली नान्गाको अनुसार फेलिक्सले कूल मतको साँढे ३८ प्रतिशत मत प्राप्त गरेका छन् । जसलाई अंकमा फेलिक्सको ७० लाख मत, अर्का प्रतिपक्षी उम्मेदवार मार्टिनको ६४ लाख तथा सत्ताधारी गठबन्धनका उम्मेदवार इमानुएलको ४४ लाख मत रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob