scheduleबिहिवार माघ ३ गते, २०७५

दूतावासहरुमा हानीकारक पार्सल पठाउने सन्दिग्धलाई सजाय : अष्ट्रेलिया

एजेन्सी, २६ पुस । अष्ट्रेलियाको प्रहरीले देशभरीका ३८ वटा कूटनीतिक दूतावास र वाणिज्य दूतावासहरुमा हानिकारक तत्व भरिएका पार्सलहरु पठाएको आरोपमा एकजना ४९ वर्षीय व्यक्तिलाई सजाय दिएको छ ।

अष्ट्रेलियाको मेल्वर्नमा रहेको वेलायत र अमेरिकाको वाणिज्य दूतावाससहित बुधबार दर्जनभन्दा धेरै वैदेशिक मिसनहरुले त्यस किसिमका शंकास्पद प्याकेटहरु प्राप्त गरेका थिए ।

अष्ट्रेलियाली संघीय प्रहरीले साभास एभान नाम गरेका ती व्यक्तिलाई हुलाक सेवामार्फत खतरनाक पार्सलहरु पठाएको अभियोगमा सजाय दिइएको बिहीबार एउटा वक्तव्यमा बताएको छ ।

सो अपराधका लागि ती व्यक्तिलाई अधिकतम दश वर्षको जेल सजाय दिइएको वक्तव्यमा भनिएको छ । उक्त प्याकेटभित्र एस्बेस्टस थियो त्यो एउटा कुनै समयको चर्चित निर्माण तत्व हो त्यसले क्यान्सर साथै फोक्सोमा दाग उत्पन्न गराउँछ ।

प्रहरीले २९ वटा त्यस्ता पार्सललाई ध्वस्त बनाइसकेको छ भने अन्य बाँकीलाई पनि ध्वस्त गर्ने बताएको छ । तर प्रहरीले सो एस्बेस्टोस कसरी प्याकेज गरियो र त्यसको उदेश्य के थियो भन्ने विषयमा विस्तृत बताएको छैन ।

प्रहरीका अनुसार सार्वजनिक जीवनमाथि भने कुनै खतरा देखिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob