scheduleसोमवार भाद्र २ गते, २०७६

माइती गएकी २४ वर्षीय महिला मध्यरातमा सामूहिकरुपमा बलात्कृत

सुनसरी, २६ पुस । सुनसरीको बराहक्षेत्र नगरपालिका–८ बाट २४ वर्षीया महिला सामूहिकरुपमा बलात्कृत भएकी छिन् । ती महिलालाई जबरजस्ती करणी गरेको आरोपमा मेचीनगर नगरपालिका–११ घर भई सोही स्थान बस्दै आएका १९ वर्षीय बलबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राति ११ः५५ बजेको समयमा दमक नगरपालिका–३ घर भई माईती आएकी महिलालाई सोही स्थान बस्ने बर्ष २३ को रविन लिम्बु र विष्टले सामूहिकरुपमा बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ । ती महिलालाई माईती घर देखी केहि पर जबरजस्ती करणी गरेको स्थानीयवासीले प्रहरीलार्इ जानकारी गराएका छन् ।

विष्टलाई प्रहरीले पक्राउ गरेको भएपनि अर्का प्रतिवादी लिम्बु फरार रहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । फरार लिम्बुको खोजतलास भईरहेको र विष्टलाई कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage