scheduleआइतवार आषाढ़ १ गते, २०७६

निर्मला पन्तको परिवारमा विवाद चर्कियो, कारण बनिन् निर्मलाकी आमा दुर्गादेवी

कञ्चनपुर, २६ पुस । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमूना दिएपछि उनको परिवारमा विवाद चर्किएको छ ।

आफूहरुसँग सल्लाह नै नगरी रगतको नमूना दिएको भन्दै उनका श्रीमान् यज्ञराज पन्त र यज्ञराजकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेको छिमेकीले बताएका छन् ।

छोरीको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलार्इ दिएकी थिइन् । दुर्गादेवीमाथि हातपातसमेत भएको छिमेकीले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob