scheduleसोमवार आषाढ़ २ गते, २०७६

सीमा पर्खाल कोषमा कुरा नमिलेपछि वार्ता बीचमै हिडेँ डोनाल्ड ट्रम्प

एजेन्सी, २६ पुस । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिपक्षी डेमोक्रेट्ससँग वार्ता बीचमै तोडेर हिँडेका छन् । अमेरिकी मेक्सिको सीमामा पर्खाल निर्माणका लागि ट्रम्पको आवश्यक कोषको प्रस्तावलाई विपक्षी डेमोक्रेट्सले अनुमोदन नगर्ने बताएपछि उनी वार्ताको बीचमै बाहिरिएको अल्पसंख्यक सिनेटका नेता चुक स्कुमरले बताएका छन् ।

‘ट्रम्पले सभामुख नेन्सी पेलोसीसँग आफ्नो पर्खाल निर्माणको प्रस्तावमाथि उनको सहमति बारे सोधका थिए तर पेलोसीले अस्वीकार गरिन् । त्यसपछि ट्रम्प उठेर अब वार्ता गर्ने विषय केही नभएको भनि बाहिर निस्किए,’ स्कुमरले ह्वाइट हाउस बाहिर पत्रकारहरुसँग भने ।
आफ्नो ट्वीटर ह्याण्डलमार्फत ट्रम्पले सो वार्ता ‘पूर्णरुपमा समयको बर्बादी’ भएको बताएका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्,‘मैले प्रश्न गरेँ यदि मैले चाँढै यो सब हटाइ दिए भने तीस दिनभित्र के हुन्छ ?, के तपाई मेरो सीमा सुरक्षाको पर्खाल वा स्टील बारको प्रस्तावलाई अनुमोदन गर्नुहुन्छ ? नेन्सीले नाई भनिन् । मैले बाई बाई भने, अरु केही काम भएन ।’

यसअघि बुधबार अमेरिकी उप राष्ट्रपति माइक पेन्सले ट्रम्प मेक्सिकोसँगको सीमामा ‘मानवीय संकट’ रोक्न सीमा पर्खाल निर्माणका लागि पाँच अर्ब कोष प्राप्त गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob