scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

भक्तपुरमा साथीको घर गएकी १५ वर्षीय बालिका सामूहिकरुपमा बलात्कृत


भक्तपुर, २६ पुस । भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित एक १५ वर्षीय बालिका बलात्कृत भएकी छिन् । साथीको घर गएको अवस्थामा बबरमहल डेरा गरी बस्ने १५ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

बलिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर त्रियुगा नगरपालिका–८ का २५ वर्षीय रिपुमर्दन बस्नेत लगायत ४ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको र कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob