scheduleसोमवार माघ ७ गते, २०७५

मलाइका र अर्जुनको सम्बन्धलाई लिएर बोनीमाथि सलमान बन्देज

एजेन्सी, २६ पुस । अर्जुन कपुर र मलाइका अरोडाको बढ्दो निकटाले खान खानदानलाई निकै चिढ्याइरहेको देखिन्छ । केही दिन अघि खबर आएको थियो बलिउडका दबंग अभिनेता तथा मलाइका अरोडाका जेठाजु सलमान खानले अर्जुनका बुवा बोनी कपुरको एउटा फिल्म अफरलाई अस्वीकार गरेका छन् । अहिले आएको नयाँ खबर अनुसार सलमानले आफ्नो घरको इन्ट्रीमा पनि कपुर खान्दानलाई बन्देज लगाई दिएका छन् ।

आईबीटि आइम्सको रिपोर्ट अनुसार सलमान खानले यो निर्णय मलाइका र अर्जुनको सम्बन्धलाई लिएर गरेका हुन् । वास्तवमा यसअघि अर्जुनले सलमानकी बहिनी अर्पिता खानलाई डेट गरिसकेका छन् । यी परिपेक्ष्यमा हेर्दा सलमानको यी कदमले उनीभित्रको आक्रोशलाई दर्शाइरहेको छ ।

रिपोर्टको अनुसार सलमान खानले फिल्म निर्मातासँग पनि अर्जुनलाई फिल्ममा नलिन पनि भनेका भनेका थिए । तर त्यस समय अर्जुनले सलमानलाई उनको परिवारलाई असर पुर्‍याउने कुनै काम नगर्ने भन्दै उनलाई फकाएका थिए । तर अब फेरी अर्जुन र मलाइकाको यो कदमले सलमानलाई निकै ठूलो तनाव दिएको छ । यसैकारणले उनले बोनी कपुरलाई आफ्नो घरमा प्रवेश गर्न बन्देज गरिदिएका छन् ।

बोनी र सलमान निकै असल साथी हुन् । खबरहरुका अनुसार बोनीले छोरा अर्जुनलाई मलाइकासँग टाढा रहन पनि चेतावनी दिएका छन् ।

हालै सलमानले बोनी कपुरको दुईवटा फिल्मको अफरलाई टुक्राएका छन् । ‘वान्टेड टु’ र ‘नो एंट्री मे एंट्री ’ ती दुई फिल्म हुन् । यी दुबै फिल्मको पहिलो पार्टमा सलमान नै भूमिकामा थिए र दुवै फिल्म हिट रहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob