scheduleबिहिवार चैत्र ७ गते, २०७५

विश्वकै धनाढ्य जोडीले गर्दैछन् सम्बन्ध विच्छेद

एजेन्सी, २६ पुस । अमेजन कम्पनीका सिईओ जेफ बेजोस र उनकी श्रीमती मैकेन्जी बेजोस सम्बन्ध विच्छेद गर्दैछन् । यी दुई २५ वर्ष अघि विवाह बन्धनमा बाँधिएका थिए ।

दुबैले ट्वीटरमार्फत यस विषयमा साझा बयान जारी गरेका छन् । बयानमा लेखिएको छ,‘लामो समयसम्म एकअर्कासराग प्रेम साथ बसेर र फेरी केही समयको लागि दूरी अनुभव गरेपछि हामीले एकअर्कासँग सम्बन्ध विच्छेद गर्ने फैसला लिएका छौं । हामी दुबै असल साथी बनेर बाँच्ने छौं ।’

हालै अमेजनले माइक्रोसफ्टलाई पछाडी पार्दै आफूलाई सबैभन्दा महंगो कम्पनी बनाएको छ । यो बिल गेट्सको कम्पनी माइक्रोसफ्टभन्दा करिब ४५ अर्ब डलर धनी छ ।

जेफकी श्रीमती ४८ वर्षीया मैकेन्जी एक साहित्यकार हुन् । उनले दुईवटा पुस्तक लेखिसकेकी छिन् । एउटा २००५ मा ‘द टेस्टिङ अफ लूथर’ र अर्को २०१३ मा ‘ट्रैप्स’ रहेका छन् ।

सन् २०१३ मा मैकेन्जीले वोग पत्रिकासँगको अन्तर्वार्तामा जेफ र आफ्नो पहिलो भेट एउटा नोकरीको अन्तरवार्तामा भएको बताएकी थिइन् । जेफ त्यस समय अन्तरवार्ता लिंदै थिए । तीन महिनासम्म एकअर्कासँग डेट गरेपछि १९९३ मा यी जोडी विवाह बन्धनमा बाँधिएका थिए । जेफ र मैकेन्जीका चारजना सन्तान छन् ।

त्यसपछि जेफले अमेजन कम्पनी शुरु गरेका थिए । त्यस समय अमेजनमा मात्र किताबहरुको अनलाइन बिक्री हुन्थ्यो । बिस्तारै यो कम्पनी विस्तार भयो र आज यो विश्वकै सबैभन्दा ठूलो इ कमर्श कम्पनी बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob