scheduleआइतवार चैत्र १० गते, २०७५

यमनको सैनिक आधारमा हुथीद्वारा ड्रोन हमला

एजेन्सी, २६ पुस । लहिज राज्यमा आयोजित यमनको सरकारी सैनिकको परेडमा हुथी विद्रोहीले ड्रोन हमला गरेको स्वास्थ्यकर्मी स्रोतहरुले बताएका छन् । हमलामा परी धेरैको मृत्यु भएको छ ।

देशको दक्षिणी शहर अल अनादको हवाई अड्डामा भएको हमलामा कथित सैनिक प्रमुख सहित दर्जनौं सैन्यकर्मीहरु घाइते भएको बताइएको छ ।

एएफपी समाचार संस्थाबाट प्राप्त भिडियो फुटेजमा मूख्य सैनिक परेड स्थलभन्दा थोरै माथि उड्दै गरेको ड्रोन विस्फोट भएको देखिएको छ ।

उक्त रेडमा ६ जना मारिएको स्थानीय अस्पतालका स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले बताएको छ ।

एकजना इन्फोग्राफिककाले हुथीको आधिकारिक टेलिग्राम च्यानलमार्फत् हुथी समूहसँग विभिन्न पाँच मोडलका ड्रोनहरु भएको दावी गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob