scheduleमगलवार चैत्र १२ गते, २०७५

बार्सिलोनाका स्टार खेलाडी स्वारेज आर्सनल आउने

काठमाडौँ, २७ पुस । बार्सिलोना स्टार खेलाडी हुन् डेनिस स्वारेज । तर, अन्य स्टार खेलाडीहरु क्लबमा आएसँगै उनको भुमिका भने खुम्चिन पुग्यो । उनी बेन्चमा मात्र सिमित हुन पुगे ।

यसअघिका प्रशिक्षकहरुले उनलाई खेल्न मौका दिएका थिए तर प्रशिक्षक भाल्भडर आएपछि भने उनले धेरै समय बेन्चमा बसेर बिताए । यही कारण उनी बार्सिलोना छोड्न आतुर थिए ।

आर्सनलले उनलाई आफ्नो क्लबबमा अनुबन्ध गर्न खोजिरहेको थियो । तर, मध्य सिजनमा कुनै पनि खेलाडी अनुबन्ध नगर्ने क्लबले जनाएको थियो । ड्यानिस स्वारेजलाई आर्सनलले लोनमा क्लबमा ल्याउने पक्का भएको छ ।

यो सम्झौता दुई क्बलबीच लगभग भइसकेको बताइएको छ । स्वारेजको बार्सिलोनासँग सन् २०२० सम्मका लागि सम्झौता रहेको छ । उनी यसअघि नै क्लब छोड्न चाहेको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob