scheduleबिहिवार माघ ३ गते, २०७५

बलात्कार गरेको आरोप लागेका रोनाल्डोको डिएनए नमुना मागियो

काठमाडौँ, २७ पुस । सन् २००९ मा अमेरिकी एक पुर्व मोडलले आफुमाथि पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उक्त आरोप लगाएपछि रोनाल्डोमाथि अमेरिकी प्रहरीले अनुसन्धान थालेको थियो ।

यसै क्रममा उनको डीएनए नमूनाका लागि वारेन्ट जारी गरिएको मिडिया रिपोर्टमा उल्लेख छ। रोनाल्डोकै पुर्व प्रेमिका ज्यासमिन लिनार्डले विभिन्न आरोप लगाएकी थिइन् ।

उनले रोनाल्डोलाई झुट्टा र मनोरोगी भनेकी थिइन् ।

उनले भनेकी थिइन्’रोनाल्डो मनोरोगी हुन्, झुटो बोल्नमा उनलाई कसलै जित्न सक्दैन ।’

बलात्कार आरोपबारे छानबिनका लागि अमेरिकी प्रहरीले सक्रियता देखाएपछि उनको डिएनए नमुना माग गरिएको हो ।

रोनाल्डाले आफुलाई फसाउन खोजिएको र आफुमाथि लागेका आरोपहरु आधारहिन भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob