scheduleशुक्रवार भाद्र ६ गते, २०७६

‘तत्काललाई श्रीदेविको बायोपिक निर्माण गर्ने कुनै योजना छैन’

काठमाडौँ, २७ पुस । बलिउड एक चर्चित अभिनेत्री थिइन् श्रीदेवि । सन् २०१८ मा उनको मृत्यु भएको थियो ।

श्रीमान बोनी कपुरले उनको बायोपिकलाई लिएर फिल्म निर्माण गर्ने हल्ला बाहिर आइरहँदा उनले यसबारे प्रतिक्रिया दिएका छन् ।

उनले भनेका छन्, ‘तत्काललाई कुनै योजना रहेको छैन । तर, मैले उनको नामलाई लिएर कपी राइट दर्ता भने गराएको छु । उनको नामलाई लिएर कसैले गलत तवरले फाइदा नउठाहोस् भन्ने मेरो चाहना हो ।’

बोनी कपुरले श्रीदेविसँग सन् १९९६ मा विवाह गरेका थिए । जेठी श्रीमतीलाई डिभोर्स दिदै उनले श्रीदेविसँग विवाह गरेका थिए ।

बलिउडमा कुनै समय एकलौटी राज गरेकी यी अभिनेत्रीको मृत्युपछि बायोपिक निर्माण गर्न केही फिल्म निर्माताहरु ललायित देखिएका थिए । तर, बोनी कपुरले भविष्यको कुरा तत्काल गर्न नमिल्ने र हाललाई कुनै योजना नरहेको बताएका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage