scheduleसोमवार माघ ७ गते, २०७५

सैनिक फिर्ता लग्न अमेरिकाले ढिलो गरे सिरियामा आक्रमण गर्छौं : टर्की

एजेन्सी, २७ पुस । अमेरिकाले सिरियाबाट आफ्नो सैनिक फिर्ता लाग्न ढिलो गरे कुर्दिश लडाकू वाइपिजिविरुद्ध सैनिक कारावाही सुरु गर्ने टर्कीले चेतावनी दिएको छ ।

‘यदि टर्कीले कुर्दहरुको नरसंहार गर्छ भन्ने जस्तो झूटो र हास्यस्पद बाहाना देखाउँदै अमेरिकाले सैनिक फिर्ता लाग्ने कार्यक्रम स्थगित गर्यो भने हामी हाम्रो निर्णयलाई कार्यान्वयन गर्नेछौं ।’ टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले एनटिभि च्यानलसँग बिहीबार भने ।

साथै काभासोग्ललुले सिरियाको उत्तरपूर्वी क्षेत्रमा रहेका अमेरिकी साझेदार कुर्दिश वाइपिजिविरुद्ध सैनिक अपरेशन सञ्चालन गर्ने भन्ने आफ्नो प्रतिबद्धता अमेरिकी फौजको फिर्ता जाने निर्णयमा निर्भर नरहेको बताए ।

‘हामी यो विषयमा फिल्ड र टेबलमा स्पष्ट छौं । हामी यसको समयबारे निर्णय गर्नेछौं र कसैबाट पनि अनुमति लिने छैनौं ।’ विदेशमन्त्री काभासोग्लुले भने ।

टर्कीले लामो समयदेखि अमेरिकालाई कुर्दिश लडाकूसँगको उसको सैन्य सम्बन्धलाई लिएर भत्सर्ना गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob