scheduleबिहिवार श्रावण २ गते, २०७६

तपाईसँग कुन बैंकको शेयर छ ? शेयरधनीलाई २१% लाभांशको यो अवसर

 

काठमाडौं, २७ पुस । कृषि विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बिहान सम्पन्न ७२८ औं बैठकले शेयरधनीलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै उक्त बैठकले सरकारको अग्राधिकार शेयर बापतको ६ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob