scheduleआइतवार चैत्र १० गते, २०७५

ताइवानमा नयाँ प्रिमियर चयन

एजेन्सी, २७ पुस । ताइवानको राष्ट्रपति तसाई इङ वेनले क्याबिनेट फेरबदल गर्दै स्वतन्त्रता पक्षधर सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ दलका पूर्व अध्यक्षलाई नयाँ प्रिमियर घोषित गरेकी छिन् । बहालवाला प्रिमियरले गएको स्थानिय चुनावमा हार बेहोरेपछि सम्पूर्ण क्याबिनेट सहित राजीनामा गरेको छ ।

बहालवाला प्रिमियर विलियम लाईसहित उनको क्याबिनेटले राजीनामा दिएपछि राष्ट्रपति तसाईले सु सेङ चाङको नाम प्रिमियरमा घोषणा गरेकी हुन् ।

गत नोभेम्बरमा भएको चुनावी हारले तसाईको अघि ठूलो चुनौती खडा गरेको थियो ।

प्रिमियर घोषणा कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मलेनमा राष्ट्रपति तसाईसँग लाई र सु उपस्थित थिए ।

तसाईले लाईलाई उनको सफल सुधार प्रयासका लागि धन्यवाद दिइन् । विस्तृत चुनौतीको बावजूद पनि लाईले देशको दिगो विकासका लागि मार्ग तयार गरेको बताइन् । लाईले गत वर्षको चुनावी परिणामका लागि राजनीतिक जिम्मेवारी लिएकोमा उनीप्रति आफ्नो सम्मान रहेको राष्ट्रपति तसाईले बताइन् ।

ताइवानलाई एउटा टुक्रा राज्य मान्ने चीनले एक देश प्रणाली लागू गर्ने प्रयास गरिरहँदा तसाईले ताइवानको प्रजातन्त्र र विकासले केही चुनौतीहरु अवश्य सामना गर्नुपर्ने बताइन् ।

ताइवानमा प्रिमियरले क्याबिनेट गठन गरेर सरकारको दैनिक कामकारावाही चलाउने नियम छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob