scheduleमगलवार चैत्र १२ गते, २०७५

अब यो महिना बन्धनमा बाँधिदै छन् रणबीर र आलिया

एजेन्सी, २७ पुस । बलिउडमा अब चाँडै अर्को कपलको गठबन्धन हुँदैछ । जानकारहरुका अनुसार बलिउडमा विरासत कायम गरेका नामी खान्दान कपुरको चौंथो पीडिका स्तार रणबीर कपुर र चर्चित निर्माता निर्देशक महेश भट्टकी छोरी स्टार आलिया भट्टको आगामी जूनमा इंगेजमेन्ट हुने खबर अएको छ ।

पछिल्लो एकवर्षदेखि यी दुई एकअर्कासँग डेट गरिरहेका छन् । रणबीर र आलिया भर्खरै न्युयोर्कबाट नयाँ वर्ष मनाएर मुम्बाई फर्केका छन् । रणबीरकी दिदी रिदिमाले रणबीर र आलियालाई एक औंठी दिएकी थिइन् जसमा ‘एआर’ लेखिएको थियो । रणबीरकी आमा नितू सिंहले पनि आलिया र उनकी आमासँगको तस्वीरलाई सामाजिक सञ्जालमा शेयर गर्दै आएकी छिन् ।

दुबै परिवारले यो जोडीको विवाह इंगेजमेन्ट आगामी जुनमा गराईदिने र विवाह वर्षको अन्तिममा तयारी गरेका छन् ।आलिया र रणबीर चाँडै नै अयना मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखा पर्दैछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob