scheduleबिहिवार माघ ३ गते, २०७५

सुशासनको नारा दिएर सरकारले अरबौंको भ्रष्टाचार गरेको प्रकाशमानको आरोप

धनगढी, २७ पुस । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले दुई तिहाईको सरकारले सुशासनको नारा बाँडेर भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कैलालीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले जनतालाई सुशासनको नारा दिएर सरकारले भित्रभित्रै अरबौंको भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘यो सरकार म पनि भ्रष्टाचार गर्दिन अरुलाई पनि हुन दिन्न भन्ने, फेरी काम भने उल्टो गर्ने यो कस्तो हो ?’ दुई तिहाइको सरकारको दल नेकपा नै असक्षम देखिएको उनको आरोप थियो ।

उनले वाइडबडी खरिद प्रकरणमा भएको अरबौंका भ्रष्टाचार लुकाउन सरकार लागिपरेको उनले बताए । संसदको समितिले दिएको प्रतिवेदन नै ढाकछोप गर्न लागन्ु गलत भएको उनको टिप्पणी थियो । संसदमा प्रधानमन्त्रीले तथ्याँक नै गलत प्रस्तुत गर्नु भनेको संसदप्रति नै उत्तरदायी नदेखिएको उनले बताए ।

यो सरकार संबिधानलाई स्ंस्थागत गर्ने कुरामा चुकिरहेको उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob