scheduleबिहिवार माघ ३ गते, २०७५

३८ क्विन्टल सुन तस्करी प्रकरण : मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, २७ पुस । ३८ क्विन्टल सुन तस्करीको आरोपमा थुनामा रहेका पाँच आरोपितहरुको मुद्दा सर्वोच्चमा सुनुवाइ हुँदैछ। जिल्ला अदालत मोरङको थुनामा पठाउने आदेश र सोही आदेश सदर गर्ने उच्च अदालत विराटनगरको आदेशविरुद्ध उनीहरुले दायर गरेको निवेदनमा शुक्रबार सुनुवाइ हुन लागेको हो।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासमा उक्त मुद्दा पेशी रहेको छ। मोरङ जिल्ला अदालतमा दर्ता भएको सुन तस्करी, कर्तव्य ज्यान तथा संगठित अपराध मुद्दामा उक्त अदालतको आदेशलाई चुनौती दिँदै उनीहरु सर्वोच्च पुगेका थिए।

आरोपितहरु डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला र महावीरप्रसाद गोल्यानको मुद्दा उक्त इजलासमा सुनुवाइ हुँदैछ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob