scheduleमगलवार चैत्र १२ गते, २०७५

उत्तर कोरिया पूरा देश नै जेल : युएन अधिकारी

एजेन्सी, २७ पुस । उत्तर कोरियाली नेताहरुको आर्थिक सुधारको वाचा र अन्तराष्ट्रिय संलग्नताको एकवर्ष पूरा हुँदा पनि त्यहाँ मानव अधिकारको अवस्था धेरै नाजुक रहेको संयुक्त राष्ट्रसंघका एक शीर्ष अधिकारीले शुक्रबार बताएका छन् ।

उत्तर कोरियाले देश भ्रमणका लागि बन्देज लगाएका संयुक्त राष्ट्रसंघीय मानव अधिकार संस्थाका विशेष अनुसन्धानकर्ता तोमस क्वान्टानाले यसै हप्ता दक्षिण कोरियाको यात्रा गरेका थिए । सो यात्रा अनुसन्धानको एउटा हिस्सा थियो जसको प्रतिवेदन उनी मार्चमा युएनको मानव अधिकार परिषदलाई बुझाउँदैछन् ।

उत्तर कोरियाली नेता किम जोङ उनले आर्थिक विकासमा केन्द्रित रहेर देशका नागरिकको जीवन शैलीमा सुधार ल्याउने प्रयासका लागि केही पनि सुरुवात नगरेको प्राथमिक अनुसन्धानबाट देखिएको क्वान्टानाले बताए ।

क्वान्टानाले भने, ‘वास्तविकता यो हो कि पछिल्लो वर्ष विश्वभरले देखेको सकरात्मक विकासको बावजूद पनि त्यहाँको मानव अधिकारको अवस्था भने अपरिवर्तनिय रह्यो जुन एकदमै पछुतोजनक कुरा हो ।’

उनले आर्थिक तथा सामाजिक अधिकार प्रयोगको कुरा जस्तै स्वास्थ, बसोबास, शिक्षा, सामाजिक सुरक्षा, रोजगार, खाद्यान्न, पानी तथा सरसफाईका कुरामा उत्तर सबैभन्दा पछाडी रहेको बताए ।

तर उत्तर कोरियाले त्यहाँ मानव अधिकार उल्लंघनको कुराहरुलाई अस्वीकार गर्दे त्यस्ता मुद्दाहरु अन्तराष्ट्र समुदायले आफूलाई एक्ल्याउनका लागि प्रयोग गरेको राजनीतिक चाल भएको बताउँदै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob