scheduleमगलवार चैत्र १२ गते, २०७५

म्यानमार अदालतद्वारा रोयटर्स पत्रकारको अपील खारेज

एजेन्सी, २७ पुस । म्यानमारको एउटा अदालतले शुक्रबार दुईजना रोयटर्स पत्रकारहरुको अपील खारेज गरेको छ । देशको अफिशियल सेक्रेट ऐनलाई उल्लंघन गरेको आरोपमा सात वर्षको जेल सजाय पाएका ती दुई पत्रकारले अदालतमा पुनारावेदन गरेका थिए ।

अदालतले प्रतिपक्षी दुई पत्रकारसँग आफूलाई निर्दोश साबित गर्ने पर्याप्त प्रमाण नभएको भन्दै उनीहरुको अपीललाई खारेज गरेको हो ।
गत वर्षको सेप्टेम्बर महिनामा भएको मूद्दाको फैसलामा ती दुई पत्रकार ३२ वर्षीय वा लोन र २८ वर्षीय क्याउ सोईलाई तल्ला अदालतले दोषी ठहर गरेको थियो । अदालतको त्यस्तो आदेशपछि विश्व कुटनीतिक वर्ग र मानव अधिकारवादी वक्ताहरुले म्यानमारको प्रजातन्त्रमाथि प्रश्न उठाएका थिए ।

उच्च अदालतका न्यायधीश आङ नियाङले तल्लो अदालतको निर्णयलाई उचित सजाय भएको ठहर गरेको छ ।

यस विषयमा रोयटर्सका प्रदान सम्पादक स्टिफन जे एड्लरले वक्तव्यमा भने, ‘वा लोन र क्याउ सोईलाई दिइएका धेरै घाउमध्ये आजको फैसला पनि एउटा अर्को अन्याय हो । उनीहरु आज जेल भित्र रहनुको एउटै कारण हो त्यहाँको शक्तिले सत्यतालाई चुप गराउन खोजीरहेको छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob