scheduleशुक्रवार कार्तिक १ गते, २०७६

कञ्चनपुरमा रक्सीले मातेर एसएसबीले गोली चलाउँदा स्थानीयहरु भागाभाग

कञ्चनपुर, २७ पुस । कञ्चनपुरको महाकाली नगरपालिका–१० को कुत्तियाकभर नजिक नेपाल–भारत सीमा क्षेत्र दशगजामा आपसी विवादमा भारतीय एसएसबीका जवानहरूले गोली चलाउँदा स्थानीयहरु त्रसित बनेका छन् ।

रक्सीले मातिएका भारतीय एसएसबीका जवानहरुबीच विवाद हुँदा बिहीबार साँझ गोली चलेको हो । सीमा स्तम्भ नम्बर २१ नजिक ११ राउण्ड गोली चलाएको स्थानीय बासिन्दाले बताएका छन् । गोली चलाउने दुवै जवानलाई भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको बताइएको छ ।

लगातार गोलीको आवाज आउन थालेपछि सशस्त्र प्रहरी बल विओपी दोधारा चाँदनी र इलाका प्रहरी कार्यालय दोधाराको टोली सीमा क्षेत्र पुगेको थियो । सीमा क्षेत्रमा गोली चलेपछि सशस्त्र प्रहरी र इप्रका जवानले सुरक्षा दिइरहेका छन् ।

‘सीमा क्षेत्रमै एसएबीका जवानबीच विवाद हुँदा गोली चलाइएको बुझिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले भने,’ भारतीय क्षेत्रमै हो । नेपालतर्फ केही भएको छैन।’ नेपालतर्फ कुनै किसिमको त्रासको वातावरण नभएको उनले बताए ।

एसएसबीका जवानले चलाएको गोलीका ६ वटा खोका स्थानीय टेक बहादुर सुनारको आँगनमा फेला परेका छन् । दशगजा क्षेत्रमा गोली चल्न थालेपछि स्थानीय बासिन्दाको भागाभाग समेत भएको थियो ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage