scheduleशनिवार चैत्र ९ गते, २०७५

‘युवाभन्दा सात गुणा बढी फर्जी समाचार शेयर गर्छन् वृद्धाहरु’

एजेन्सी, २७ पुस । फेसबुक आजको विश्वको सबैभन्दा ठूलो पब्लिक फोरम र प्लेटफर्म हो र ह्वाट्सएप पनि यसकै स्वामित्वमा छ । फेसबुकका धेरै राम्रा र नराम्रा पक्षबारे हामी विदितै छौं तर कतिपाय अवस्वामा हाम्रै हेल्चक्राईका कारण फेसबुकको माध्यमबाट समस्यामा फसीरहेका हुन्छौं र अरुलाई पनि समस्यामा फसाईरहेका हुन्छौं ।

हजुर हामी कुरा गर्दैछौं फर्जी समाचारहरुको । फर्जी समाचारका कारण कतिपाय स्थानमा हिंसा दंगा भड्किने गरेको छ र कतिपाय मानिसहरुको ज्यान पनि गएको छ ।

फेसबुकमा यस किसिमका समाचारहरु कसले शेयर गर्छ भन्ने विषयमा केही समय अघि एउटा सर्वेक्षण भएको थियो । उक्त सर्वेक्षणको नतिजामा एउटा आश्चर्यजनक खुलासा भएको छ । प्रतिवेदन अनुसार फेसबुकमा सबैभन्दा बढि फर्जी खबर ६५ वर्ष वा त्यसभन्दा धेरै उमेरका मानिसहरुले शेयर गर्छन् तर युवाहरु फर्जी खबरलाई शेयर गर्न अघि त्यसबारे केही सोधखोज गर्ने गर्छन् ।

न्युयोर्क र प्रिन्सटन विश्वविद्यालयका शोधकर्ताहरुले २०१६ मा अमेरिकी राष्ट्रपतिय चुनावको अभियानको दौरान फेसबुकमा तथाकथित फर्जी समाचार साइटका लिंक शेयरको विषयमा शोध गरेका थिए । सो शोधका ६५ र त्यसभन्दा माथिका उमेर वर्गका मानिसहरु यस्तो काममा अब्बल रहेको पाइएको थियो । प्रतिवेदनको अनुसार ६५ वर्ष माथिका मानिसहरु १८ देखि २९ वर्ष उमेरका मानिसहरुभन्दा सात गुणा बढि फर्जी समाचार शेयर गर्छन् ।

साथै प्रतिवेदनमा यो पनि खुलासा भएको छ कि फर्जी खबर शेयर भएपनि मानिसहरु यस्ता समाचारमा उल्झिरहेका छैनन् । प्रतिवेदनको अनुसार १८ देखि २९ उमेर समूहबीचका मानिसहरु तीन प्रतिशत फर्जी समाचार शेयर गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob