scheduleसोमवार माघ ७ गते, २०७५

जैफ बेजोसको ‘डिभोर्स’ले फेरिँदैछ धनाढ्यको सूची

एजेन्सी, २७ पुस । अमेजन कम्पनीका संस्थापक जेफ बेजोस र उनकी श्रीमती मैकेन्जी बेजोसले २५ वर्षको वैवाहिक जीवनलाई अन्त्य गर्ने निर्णय गरिसकेका छन् । यसैबीच खबर आएको छ सम्बन्ध विच्छेदपछि सम्पत्ति बाडफाँड गर्दा मैकेन्जी विश्वको सबैभन्दा धनाढ्य महिला बन्दै छिन् ।

खबरहरुका अनुसार संस्थापक बेजोस पूर्व टिभी एंकर लरेन्स सैनचेजसँग सम्बन्धमा छन् र यहीँ यी नै उनीहरुको सम्बन्ध विच्छेदको कारण हो ।
लरेन्स हलिउड टैलेन्ट पैट्रिक वाइटसेलकी श्रीमती हुन् । पैट्रिक र जैफ निकट मित्र हुन् । लरेन्स टिभी प्रेजेन्टरसाथै हेलिकप्टर पाइलट पनि हुन् । लरेन्सले यस अघि नै आफ्नो श्रीमानसँग सम्बन्ध विच्छेद गरिसकेकी छिन् । नेश्नल इंक्वायर्सको अनुसार जैफले लरेन्सलाई एउटा

एसएमएसमार्फत प्रेम प्रस्ताव राखेका थिए । पछिल्लो सेप्टेम्बरमा जैफ र लरेन्सलाई एक साथ देखिएको थियो ।
जैफको चार सन्तान छन् भने लरेन्सको दुई सन्तान छन् ।

ब्लूमबर्ग बिलेनियर इंडेक्सको अनुसार विश्वको धनाढ्य रहेका जैफ बेजोसको कूल सम्पक्ति एक खर्ब १२ अर्ब डलर रहेको छ । उनी वासिङटन पोस्ट अखबारको प्रोप्राइटर पनि हुन् ।

श्रीमतीसँग अलग भएपछि सम्पत्ति बाडफाँडको चर्चा पनि चलिरहेको छ । यसरी हिसाब गर्दा मैकेन्जीलाई ५६ अर्ब डलर भाग पर्ने देखिएको छ । यति सम्पत्ति प्राप्त गरेपछि मैकेन्जीले विश्वकै धनाढ्य महिला एलाइस वाल्टनलाई पनि पछि पार्ने छिन् ।

जैफको सम्पत्ति आधि भएपछि बिल गेट्स पुनः ९२ अर्ब ५० करोड डलर सहित विश्वको धनी व्यक्ति बन्ने छन् ।

जैफले अक्टोबर २०१७ मा विल गेट्सबाट धनाढ्य व्यक्तिको ताज खोसेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob