scheduleसोमवार आषाढ़ २ गते, २०७६

१६ औँ पटक अनसनमा रहेका गोविन्द केसीको स्वास्थ्यमा दोस्रो दिनमै समस्या

इलाम, २७ पुस । चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औँ पटक अनसन बसेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएको छ । अनसनको दोस्रो दिनको बेलुकीबाट स्वास्थ्यमा समस्या देखिएको डाक्टरहरुले बताएका छन्।

डाक्टरहरुका अनुसार डा. केसीको रक्तचाप घट्नुको साथै शरीरमा चिसो पसिना आउने, हात थर्थराउने समस्या देखिएको छ । साथै शुक्रबारदेखि उनको छाती दुख्न थालेको छ । त्यस्तै खोकी निरन्तर लागिरहेकाले त्यसले निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने देखिएको भन्दै चिकित्सकले सावधानी अपनाउन थालेका छन्।

उनलाई भेट्न आउने शुभचिन्तकहरुलाई अनसन परिसर परैबाट भेट्न आग्रह गरिएको छ । स्वास्थ्यकर्मीले रगत परीक्षणका लागि आग्रह गर्दा पनि उनले इन्कार गरेको बताइएको छ ।

केसी बुधबार साँझदेखि इलाममा अनसन बसेका हुन् । सरकारसँग भएको सहमति अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुनुपर्ने उनको माग रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob