scheduleआइतवार भाद्र ८ गते, २०७६

झिटीझाम्टा कस्दै समाज कल्याण परिषद्

काठमाडौँ, २८ पुस ।  उपराष्ट्रपतिको कार्यालय र निजी आवासको प्रयोजनका लागि समाज कल्याण परिषद्ले आफनै भवन र जग्गा छोडेर त्यसलाई खाली गराउनतिर लागेको छ ।
परिषद्ले कार्यालयका सरसामान सार्नका लागि तयारी गरिरहेको परिषद्का कायममुकायम निर्देशक हरि तिवारीले बताउनुभयो । ‘हामी अफिस सार्न भिटीझाम्टा कस्दै छौँ–सर्ने ठाउँ पनि तयारी भइरहेको छ’ –उहाँले भन्नुभयो । उहाँका अनुसार माघको १५ गतेभित्र परिषद् सरिसक्ने भएको छ ।

परिषद्को कार्यालय पुल्चोकस्थित केन्द्रीय बाल कल्याण समितिको कार्यालयमा सर्ने र त्यहाँ नअटाएका शाखाहरु भृकुटी मण्डपमा रहेको परिषद्को आफ्नै कार्यालयमा सार्ने तयारी गरेको परिषद्ले जनाएको छ ।
परिषद्ले आफ्नो कार्यालय नबनेसम्मका लागि नियमित कार्यालय सञ्चालनका लागि अस्थायी रुपमा कार्यालयमा सार्न लागिएको परिषद्का कामु निर्देशक तिवारीले बताउनुभयो । ‘कार्यालय सार्ने र नियमित कार्यालय सञ्चालन गर्ने काम आफ्नै कार्यालय भवन नबनुन्जेल अस्थायी रुपमा हुनेछ’, उहाँले भन्नुभयो– ‘हाम्रो भवन बनाउने कामको योजना बन्दै छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage