scheduleआइतवार चैत्र १० गते, २०७५

मोनाको क्लबमा सेस फाब्रिगास अनुबन्धित

काठमाडौँ, २८ पुस । चेल्सीमा चार वर्ष बिताएका स्टार मिडफिल्डर  सेस फाब्रिगास केही दिन अगाडि चेल्सीलाई बाइबाइ गर्ने निर्णय गरे ।

मिडिया रिपोर्टका अनुसार सेस फाब्रिगास फ्रेन्च क्लब मोनाकोमा जाने हल्ला चलिरहेको थियो । अन्तत उनी मोनाको क्लबमा अनुबन्धित भएका छन् ।

पुर्व आर्सनलका खेलाडी तथा हालका मोनाकोका प्रशिक्षक थिएरी हेनरीको आग्रहमा उनी मोनाकोमा अनुबन्ध भएको बताइएको छ ।

मोनाको क्लबमा आवद्ध भएपछि उनले भनेका छन्, ‘हाल समस्यामा रहेको मोनाकोको समस्या समाधानमा मेरो ठुलो सहयोग हुनेछ । पहिलो खेलबाटै राम्रो सुरुवात गर्ने लक्ष्य छ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob