scheduleआइतवार भाद्र ८ गते, २०७६

बार्सिलोनामा बेन्चमा सिमित कोटिन्होलाई डेम्बेलेले धेरै पछि पारे

काठमाडौँ, २८ पुस । बार्सिलोनाका दुई स्टार खेलाडी फिलिपिन्हो कोटिन्हो र ओउसमाने डेम्बेलेलेबीच कडा प्रतिस्पर्धा चलेको छ ।

तर, फुटबल समिक्षकहरुका अनुसार डेम्बेलेले कोटिन्होलाई पछि पारेका छन् ।

केही समय विवादमा रहेका डेम्बेलेले भल्भडरको मन जित्न सफल भए । सन् २०१८ मा बार्सिलोनालाई उपाधि जिताउन मुख्य भुमिका खेलेका कोटिन्हो यस सिजन भने बेकार जस्तै भएका छन् ।

उनको स्थान डेम्बेलेले लिएका छन् । डेम्बेलेले आफ्ना साथीहरुसँग माफी मागेपछि उनको खेलमा पनि सुधार देखिएको हो । यस सिजन कोटिन्होले १५५९ मिनेट खेल खेलेका छन् ।

उनले यो अवधिमा ६ गोल गरेका छन् भने चार एसिस्ट रहेको छ । त्यस्तै डेम्बेलेले १६२७ मिनेट खेल खेलेका छन् । उनले १० गोल गरेका छन् भने पाँच एसिस्ट रहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage