scheduleआइतवार आषाढ़ १ गते, २०७६

कृषियोग्य जमिन कित्ताकाट गर्न पाईंदैनः मन्त्री अर्याल


काठमाडौं, २८ पुस । सरकारले डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरेको छ । गत वर्ष साउन २६ गतेदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट खुला गरिएको जानकारी दिइन् । घरव्यवहार नै रोकिएको भन्ने जनगुनासो आएपछि पुरानो निर्णयमा पुनर्विचार गरिएको उनले बताइन् ।

तर कृषि योग्य जमिनको हकमा भने कित्ताकाट गर्न नपाइने उनको भनाई छ । स्थानीय तहको नापी, मालपोत लगायतका सरोकारवाला निकायले खेतियोग्य जमिनको निर्धारण गर्ने उनले बताइन् । जग्गा व्यवसायीहरुले यसअघि नै स्विकृति लिएका जग्गाहरुको लागि पनि कित्ताकाट खुल्ला गरिएको उनले जानकारी दिइन् ।

अब स्विकृति लिनको लागि भने प्राविधिक टोलीको गठन गरिएको छ । मन्त्री अर्यालले मापदण्ड विपरित कित्ताकाट गर्नेलाई भने कारबाही गर्ने चेतावनी दिएकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob