scheduleबुधवार मंसिर ४ गते, २०७६

सरकारविरुद्ध तरुण दलको विरोध प्रदर्शन, कुन प्रदेशमा कहिले

फाइल फोटो

काठमाडौँ, २८ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससम्बद्ध युवा संगठन नेपाल तरुण दलले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको छ । संगठनले सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।

वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रविरुद्ध सातै प्रदेशमा विरोध प्रदर्शन गर्ने शनिबार तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् ।

कम्युनिष्ट सरकारको अधिनायवाद चरित्रको विरोध गर्दै तरुण दलले भ्रष्टाचार, महंगी, मूल्यवृद्धि, वाइडबडी र निर्मला पन्त हत्या प्रकरणलगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको विरोधमा सडकमा उत्रनु परेको प्रष्ट पारेको छ । शाहीले विज्ञप्तिमा सातै प्रदेशको राजधानीमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

कुन दिन कहाँ हुँदैछ कार्यक्रम ?
माघ ८ गते प्रदेश एकको विराटनगर

माघ ९ गते प्रदेश २ को जनकपुर

माघ १० गते प्रदशस तीनको हेटौंडा,

माघ ११ गण्डकी प्रदेशको पोखरा

माघ १२ गते प्रदेश ५ को भैरहवा

माघ १३ कर्णाली प्रदेशको सुर्खेत

माघ १४ सुदूरपश्चिम प्रदेशको धनगढी

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage