scheduleसोमवार आषाढ़ २ गते, २०७६

जिहादीको आक्रमणमा बाह्र सर्वसाधारण मारिए


बुर्किना फासो, २८ पुस । जिहादी विद्रोहीहरुको आक्रमणमा परी उत्तरी बुर्किना फासोमा बाह्र सर्वसाधारण मारिएका छन् ।

इस्लामिक कट्टरपन्थीहरुको हिंसाको असर फैलिएको सो ठाउँमा गत बिहीबार घटना भएको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।

पश्चिमी अफ्रिकी यस मुलुकका विभिन्न राज्यहरुमा सरकारले संकटकालको घोषणा गरेको थियो । सुरक्षा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा बन्दुकधारीहरुले हिंसा मच्चाएको उल्लेख गरिएको छ ।

पछिल्लो आक्रमणमा परी अरु दुई जना घाइते भएको पनि सुरक्षा अधिकारीहरुले जनाएका छन् । यस आक्रमणमा परी एउटा घर , एक कार तथा छ ओटा पसलहरुमा क्षति पुगेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

उत्तरी बुर्किना फासोमा जिहादीहरुले सन् २०१५ बाट आक्रमण गर्न थालेका हुन् । रासस/एएफपी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob