scheduleआइतवार भाद्र ८ गते, २०७६

प्रधानसेनापति थापालाई मनार्थ महारथीको दर्ज्यानी, भारतीय राष्ट्रपतिको नेपालीमा ट्वीट


काठमाडौँ, २८ पुस । भारतका राष्ट्रपति रामनाथ कोविन्दले प्रधान सेनापति महारथी पूर्णचन्द्र थापालाई भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति थापालाई आज नयाँदिल्लीस्थित राष्ट्रपतिभवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति कोविन्दले सो चिन्ह प्रदान गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सम्बन्धअनुरुप दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप सन् १९५० देखि सो दर्जा दिने प्रचलन रहिआएको छ । भारत भ्रमणका लागि शुक्रबार त्यसतर्फ गएका प्रधानसेनापति थापाले नयाँदिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरिक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसैबीच, भारतीय राष्ट्रपतिको कार्यालयले थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा दिएकोबारे नेपाली भाषामा ट्विट गरेको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले शनिबार सेनापति थापालाई भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गरेपछि केही तस्बिरहरुसहित नेपालीमा ट्वीट गरेका हुन् ।

यस्तो छ भारतीय राष्ट्रपतिको ट्वीट-
‘नेपालका सेनापति श्री पूर्णचन्द्र थापालाई राष्ट्रपति कोबिन्दले नेपाली सेनामा उहाँले गर्नुभएको योगदान र नेपालको भारतसँगको मैत्रीपूर्ण सम्बन्धको प्रगाढताको लागि दिनुभएको योगदानको सम्मान गर्दै भारतीय सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्नुभयो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage