scheduleबुधवार कार्तिक २७ गते, २०७६

पत्रकार सम्मेलनमै भक्कानिए आचार्य, मिश्र भन्छन्- अभियान रोकिँदैन


काठमाडौँ, २८ पुस । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताएका छन् ।

पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीमा विमति भए पनि पार्टी नै छाडेर गएकामा चिन्ता व्यक्त गरे । पार्टीका संयोजक मध्येका उज्वल थापासहित १६ जनाले शुक्रबार निर्वाचन आयोगमा विवेकशील नेपाली दल दर्ता गरेका छन् । उनले हिलो छ्यापाछ्याप गर्ने पक्षमा आफू नरहेको जानकारी गराए ।

‘पार्टी छोडेर जाने साथीहरुले लगाएको आरोपले असाध्यै दुःख लागेको छ, तर म कसैलाई आरोप लगाउने पक्षमा छैन, मैले पनि आरोप लगाएँ भने धेरै हुन्छ’, उनले भने ।

संयोजक मिश्रले आफ्ना कमीकमजोरी स्वीकार गर्दै पार्टी फुटाएर जानेले पार्टीमा विधि र प्रक्रिया मिचिएको भनेर लगाएको आरोप झुटा भएको प्रस्ट पारे ।

पत्रकार सम्मेलनमा पार्टीको काममा लागेको बेला पार्टी फुटेको खबर आएको भन्दै प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका थिए ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage