scheduleबिहिवार माघ ३ गते, २०७५

विद्युत चुहिएर आगलागी, सुतेकै स्थानमा वृद्धको मृत्यू


खजुरा, २८ पुस । विद्युत् चुहिएर भएको आगलागीमा जलेर नेपालगञ्जमा एक जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमानगरपालिका–९ स्थित बाँकेगाउँका ६२ वर्षीय निजामुद्दीन ढपालीको आफ्नै घरमा विद्युत् चुहिएर लागेको आगोले सुतेकै अवस्थामा मृत्यु भएको हो ।

आगलागीले ढपालीको कच्ची घर पुरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आज बिहान ४ बजे घरमा आगो लागेको थाहा पाएपछि स्थानीयले नियन्त्रणमा लिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob