scheduleआइतवार चैत्र १० गते, २०७५

ढाकाविरुद्ध जम्न सकेनन् सन्दीप, वार्नरको अपेक्षा अधूरै


एजेन्सी, २८ पुस । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) को तेस्रो खेलमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

ढाका डायनामाइट्सबिरुद्ध कप्ताप डेविड वार्नरले दिएको अवसरलाई सदुपयोग गर्नबाट चुक्दै खराब प्रदर्शन गरेका हुन् ।

सन्दीपले लिगमा अपराजित रहेको ढाकाविरुद्ध ४ ओभरमा ३३ रन खर्चिंए तर, कुनै विकेट लिन सकेनन् । अघिल्लो खेलमा सन्दीप विकेटविहिन बनेका थिए ।

शनिबार भएको खेलमा कप्तान वार्नरले उनलाई आठौं ओभरमा बलिङ गर्न बोलाए । पहिलो ओभरमा सन्दीपले १ छक्का सहित कुल १२ रन खर्चिए । ११ औं ओभरमा उनले एक चौका सहित ८ रन खर्चिए १४ औं ओभर आन्द्रे रसेलको चौकासहित ६ रन खर्चिए । वार्नरले पुनः आशा गर्दै सन्दीपलाई मैदानमा उतारे र १६औं ओभरमा सन्दीपले ८ रन खर्चिए । चौथो बलमा मोहम्मद नईमले छक्का प्रहार गरेका थिए ।

यसअघि सन्दीपले कोमिल्ला भिक्टोरिएन्सविरुद्ध डेब्यू गर्दै ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । दोस्रो खेलमा चित्तागोंग भाइकिंग्सविरुद्ध धारिलो बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चिएर किफायती नै बलिङ गरे । तर, कुनै विकेट भने लिन सकेनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob