scheduleआइतवार भाद्र ८ गते, २०७६

मेसेडोनियाको नाम अनुमोदनका लागि ग्रीक अधिकारीसँग आग्रह


स्कोपी, २८ पुस । मेसेडोनियाका प्रधानमन्त्री जोरान जाएभले आफ्नो देशको नयाँ नामलाई अनुमोदन गरिदिन शनिबार ग्रीसका अधिकारीहरूलाई आग्रह गरेका छन् ।

मेसेडोनियाको संसदले आफ्नो देशको नाम ‘द रिपब्लिक अफ नर्थ मेसेडोनिया’ राख्नेगरी शुक्रबार पास गरेको र यसको वैधानिकताका लागि छिमेकी मुलुक ग्रीसको स्वीकृति आवश्यक हुने भएकोले उनले ग्रीसका सरकारी तथा विपक्षी नेता तथा सांसदहरूसँग भेटी नयाँ नाममा समर्थन जनाउन आग्रह गरेका हुन् ।

उनले ग्रीसको राजधानी एथेन्समा गरिउको एक पत्रकार सम्मेलनमा भने, ‘नामलाई अनुमोदन गर्न ग्रीक संसदको पनि समर्थन आवश्यक रहन्छ । हाम्रो संसदले नयाँ नामलाई अनुमोदन गरेको छ तर यो सहज भने छैन । मलाई विश्वास छ कि ग्रीक संसदले पनि निर्णयलाई सदर गरिदिनेछ ।’

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage