scheduleआइतवार श्रावण ५ गते, २०७६

रुपन्देहीमा यसकारण प्रहरीले चलायो गोली, एकको मृत्यु

रुपन्देही, २९ पुस । सिद्धार्थनगर नगरपालिका–१० शंकरपुरमा भन्सार चोरी निकासी तथा नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको जवाफी कारवाहीमा हाल नाम, थर, वतन नखुलेका पुरुषको आइतबार बिहान मृत्यु भएको छ ।

उक्त स्थानमा खटिएको प्रहरी टोलीले युपि ५३ एच२०२८ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा मोटरसाइकलमा आएका २ जनाले एक्कासी प्रहरीलाई लक्षित गरी गोली प्रहार गर्दा प्रहरीले जवाफी कारबाही गरेको हो ।

सोक्रममा एक जना प्रहरी जवानको बाँया पाखुरामा गोली लागी घाइते भएपश्‍चात् प्रहरीले जवाफी फायर गर्दा घाइते भएका उक्त पुरुषको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते प्रहरी जवानको सोही अस्पतालमा उपचार भइरहको छ । घटनास्थलबाट प्रहरीले पेस्तोल १ थान र गोलीको खोका ८ राउण्ड बरामद गरेको छ ।

मोटरसाइकलसहित फरार भएका अर्का व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob