scheduleशुक्रवार भाद्र ६ गते, २०७६

राष्ट्रपति चुनावको मतपरिणाम खारेज गर्न संवैधानिक अदालतमा अपील

एजेन्सी, २९ पुस । प्रजातान्त्रिक गणतान्त्रिक कंगोमा गत महिना भएको राष्ट्रपतिय चुनावमा दोस्रो स्थानमा आएका मार्टिन फायुलुले देशको संवैधानिक अदालतमा सो परिणामलाई खारेज गर्न आपील गरेका छन् ।

फायुलुका वकील फेली इकोम्बेले शनिबार अदालतबाहिर पत्रकारहरुसँग पुनरावेदनमा फेलिक्स सिसेकेदीलाई राष्ट्रपति घोषित गर्ने मत परिणामलाई खारेज गर्न अपील गरिएको छ ।

फायुलु पक्षले विजयी घोषित भएका प्रतिपक्षी उम्मेद्वार फेलिक्सले निवर्तमान राष्ट्रपति जोसेप कबिलासँग एउटा गोप्य सम्झौता गरेको आरोप लगाएको छ ।

आफ्नो समर्थकको भीडको बीच फायुलुले भने, ‘तपाईले बन्द कोठाभित्र परिणाम तयार गर्नसक्नु हुँदैन । मैले आशा गरेको छु संवैधानिक अदालतले निर्वाचन आयोगलाई मतदान पत्रलाई पुन गणना गर्न आदेश दिने छ । ती सबै फर्जी हुन्, बनाइएका हुन्, तिनीहरुको सत्यतासँग कुनै वास्ता छैन । मतदान पत्रको पुनगणनाले वास्तविकता बाहिर ल्याउने छ ।’

फिलेक्सको जीतले मतदान विश्लेषकलाई पनि अचम्मित बनाएको थियो र प्रतिपक्षी र पश्चिमा शक्तिले पनि सो मतपरिणाममाथि विवाद बिउँझाएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage