scheduleशुक्रवार बैशाख १३ गते, २०७६

दुई तिहाइको सरकार ट्रायलमै फेल भएको निधिको दाबी

सुर्खेत, २९ पुस । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले दुई तिहाइको सरकार ट्रायलमै फेल भएको दाबी गरेका छन्। सुर्खेतमा आइतबार कार्यकर्तासँगको भेटमा उनले दुई तिहाई सरकारले करिब एक वर्ष बितिसक्दासमेत कुनै काम गर्न नसकेको आरोप लगाउँदै ट्रायलमै फेल भएको बताएका हुन् ।

जनताले डाडुपन्यु दिंदासमेत दालभात पकाउने नसक्ने सरकारसँग के आशा होला र भन्दै उनले सरकार असफल भएको दाबी समेत गरे ।
उनले सरकारसँगै कम्युनिष्ट पनि असफल भएको आरोप लगाए ।

सो अवसरमा उनले काँग्रेसका नेता तथा कार्यक्रर्तालाई गाउँगाउँमा पुगेर जनताको सेवा गर्न आग्रहसमेत गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob