scheduleबिहिवार फाल्गुन ९ गते, २०७५

यी पाँच कारण हँसमुख पुरुषप्रति आकर्षित हुन्छन् महिला

एजेन्सी, २९ पुस । तपाईले देख्नु भएको होला हाँसोठट्टा गर्ने पुरुषहरुको ‘फ्रेण्ड सर्कल’ निकै ठूलो हुन्छ । यदि तपाई महिला हुनुहुन्छ भने तपाईले अनुभव गर्नु भएको होला र पुरुष हुनुहुन्छ भन्ने सुन्नु भएको होला महिलाहरुलाई हाँसो ठट्टा गर्ने पुरुषहरु ज्यादा मनपर्छ । तर तपाईलाई थाहा छ किन हसमुख पुरुषहरु महिलालाई चाडैं मन पर्छ र उनीहरुसँग समय बिताउन चाहान्छन् । यसका विशेष पाँच कारणहरु छन् ।

१ मुड ताजा रहन्छ बोर महसुस हुँदैन
हसमुख मानिससँग जोकोहीँ समय बिताउन चाहान्छ किनभने उनीहरुसँग मूड ताजा रहन्छ र बोर अनुभव हुँदैन । माहौल हलुका, रमाईलो र सौहार्द बनाउने उनीहरुमा विशेषकला हुन्छ । उनीहरु प्रैंक र प्राक्टिकल जोक्सबाट समय र माहोल रोचक बनाउन सक्छन् ।

२ निरिक्षण कला राम्रो हुन्छ
कमेडियन मानिसहरुको निरिक्षण कला निकै राम्रो हुन्छ । उनीहरु आफ्नो वरिपरी रहेका वस्तु र मानिसहरुको सूक्ष्म अवलोकन, अध्ययन गर्छन् र तिनीहरुलाई बुझ्छन् । त्यसैकारण उनीहरु प्रत्येक क्षण कोही न कोहीलाई हाँसोमा उडाउन सक्छन् । एकपटक त्यस्ता व्यक्तिलाई आफ्नो घरमा लिएर जानुहोस् अनि हेर्नुहोस् महिनौंसम्म उसले तपाईको घरको ससाना कुराको हाँस्यस्पद टिप्पणी गरिरहन्छ ।

३ धेरै सामाजिक हुन्छन्
रमाइलो, हाँसीठट्टाले उनीहरु चाडैं नै अरुको मन जित्नसक्छन् र चाडैं नै घुलमिल भएर सामाजिक हुनसक्छन् ।

४ अनुहारमा हाँसो ल्याउँछन् त्यस्ता पुरुष
यदि कुनै पनि मानिस हसमुख छ भने उसले अरुको अनुहारमा पनि हाँसो ल्याउन सक्छ । एउटा महिलालाई सधै एउटा यस्तो पुरुषको आवश्यक हुन्छ जसले जटिल तथा प्रतिकूल परिस्थितीमा पनि उसको अनुहारमा हाँसो ल्याउन सकोस् ।

५ रचनात्मक हुन्छन्
यिनीहरुमा प्रत्येक कुराको रमाइलो पक्ष खोज्ने एउटा कला हुन्छ । उनी वस्तुलाई फरक नयाँ तरिकाबाट हेर्ने गर्छन् जुन प्रत्येक महिलालाई मन पर्ने पक्ष हो । वास्तवमा भन्ने हो भने उनीहरु निकै रचनात्मक हुन्छन् । उनीहरुसँग धेरै प्रकारको जानकारीहरु हुन्छ । उनीहरु कलाकारको मिमिकरी गर्न पनि सक्षम हुन्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob