scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

विवाहमा सहभागी हुन अतिथिले गणितका प्रश्न हल गर्नु परेपछि…….

एजेन्सी, ३० पुस । गणित विषयका लागि के कोही यति धेरै क्रेज हुन्छसक्छन् कि जीवनको अहम् फैसला लिन पनि गणितलाई मापदण्डको रुपमा चयन गर्छन् ।

एकजना हुनेवाला बेहुलीले आफै सामाजिक सञ्जालमा आफ्नो विवाहको योजना सार्वजनिक गर्दै आफ्नो विवाहमा आउने प्रत्येक पाहुनाले गणितका छिटफूट प्रश्नलाई हल गरेर परिक्षा पास गर्नुपर्ने बताएकी छिन् ।

ती युवती यो सब यसकारण गर्दै छिन् किनभने उनी र उनको हुनेवाला श्रीमान् दुबै गणितज्ञ हुन् र यो विषय निकै रोचक बनेको छ ।

सामाजिक सञ्चालमा एक बेनाम फेसबुक पेजमा एकजना हुनेवाला बेहुलीले पछिल्लो दिन एउटा पोस्ट साझा गरेकी छिन् जुन एकाएक भाइरल भएको छ । ती भावी बधुले आफ्नो विवाहको सम्पूर्ण योजना साझा गरेकी छिन् । पोस्टको अनुसार उनको विवाहमा गणितको बोलबाला रहनेछ ।

ती युवती एक गणितज्ञसँग विवाह गर्दैछिन् र विवाह समारोहमा उपस्थित सम्पूर्ण अतिथिहरुले गणितको ससाना परिक्षा दिनु पर्नेछ ।

सुन्नेको लागि यो वैवाहिक समारोह निकै रोचक हुने अनुमान लगाउन सकिन्छ तर अतिथिहरुका लागि पनि यो रोमान्चक हुन्छ भन्ने अनुमान लगाउन चहिँ गाह्रो छ ।

आफ्नो स्टाटसमा प्रश्न हल गरेपछि अतिथिले के पुरस्कार पाउँछन् भन्ने पनि ती भावी बेहुलीले उल्लेख गरेकी छिन् । अतिथिले प्रश्न हल गरेको अवस्थामा बैंक्वेटमा बस्नलाई सर्वोतम सिट मिल्ने बताइएको छ । एकजना अतिथिले त्यस पुरस्कारको विषयमा प्रतिक्रिया दिदैँ लेखेका छन्,‘यदि यसो हो भने गणितमा मेरो योग्यतालाई हेर्दा त शायद मलाई बच्चाहरु बस्ने टेबलमा पनि खाना खाने मौका मुश्किलले मिल्छ होला ।’

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage