scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

देउवाले भने-वाइडबडी प्रकरणमा म हैन ओली-प्रचण्ड दोषी


धनगढी, ३० पुस । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान घोटाला प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । नेपाल प्रेस युनियनद्वारा सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै देउवाले वाइडबडी प्रकरणमा आफ्नो नाम जोडेर घोर अन्याय गरिएको बताए ।

पत्रकार सम्मेलनमा देउवाले भने, ‘२०७४ सालमा म प्रधानमन्त्री हुँदा पर्यटन मन्त्रालयसहित १८ मन्त्रालय खाली थिए । उक्त बेला जहाज खरिदका लागि भुक्तानी दिइएको भन्दै मेरो नाम जोडिएको छ । त्यसबारे मलाई केही थाहा छैन । १८ मन्त्रालयमा कहाँ के हुन्छ मलाई के थाहा हुनु र ? कसरी थाहाँ पाउनु ? भन्दै देउवाले प्रश्न गरे,’

उनले आफूले मन्त्रिस्तरीय निर्णय गरेको भए आफू दोषी ठहरीने भन्दै आफूलाई थाहा नभएको विषयमा आफ्नो संलग्नता नहुने उनको जिकिर थियो ।

देउवाले वाइडबडी प्रकरणका आफू नभई वर्तमान प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संलग्नता रहेको आरोप लगाए ।

देउवाले भने, ‘वाइड बडी प्रकरणमा मेरो हैन, ओली र प्रचण्डको जी को प्रत्यक्ष संलग्नता छ । ओली प्रधानमन्त्री भएको बेला सरकारले नै जहाज खरिदका लागि उपसमिति गठन गरेको छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला सरकार जमानत बसेर बोलपत्र खरिद गर्ने निर्णय भएको छ ।’

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage