scheduleबिहिवार बैशाख १२ गते, २०७६

डोनाल्ड ट्रम्पको जिद्दीपछि क्यानडाले अमेरिकालाई पठायो यति धेरै पिज्जा

एजेन्सी, ३० पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा पर्खाललाई लिएर देखाएको जिद्दीपनाको असर अहिले अमेरिकाको जुनसुकै क्षेत्रमा देखिन थालेको छ । अमेरिकामा लगभग सम्पूर्ण सरकारी कामकाज ठप्प भैसकेको छ । यहाँसम्म मानिसहरुको तलब र दैनिक जीवनको आवश्यकतामा पनि समस्या देखिन थालेको छ । यो दौरान अमेरिकाको एयर ट्राफिक कन्ट्रोलले पनि यो समस्या झेलिरहेको छ ।

तर शनिबार उनीहरुलाई सीमा पारीबाट अचम्म पार्ने एउटा खुशीको पल आयो । त्यसपछि त अमेरिकी एयर ट्राफिक कन्ट्रोल विभागले जमेर मस्तीसँग पार्टी मनायो ।

शनिबार क्यानाडेली एयर ट्राफिक कन्ट्रोलले रेडियो सिंग्नल बाहेक सीमापारी अमेरिकाको एयर ट्राफिक कन्ट्रोललाई पिज्जाका धेरैवटा बक्साहरु पनि पठायो । सबैलाई थाहा छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जिद्दीपूर्ण शटडाउनका कारण त्यहाँका कर्मचारी मारमा छन् ।

यसकारण ती कर्मचारीहरुको अनुहारमा मुस्कान ल्याउन क्यानडाको एयर ट्राफिक कन्ट्रोलले शनिबार सयौं पिज्जाका प्याकेटहरु पठाएको थियो ।

क्यानाडेली एयर ट्राफिक कन्ट्रोल एसोसिएशनको अध्यक्ष पीटर डफीको अनुसार उनका सहकर्मी अमेरिकी एयर ट्राफिक कन्ट्रोलका कर्मचारीलाई मद्दत गर्ने मार्ग खोजीरहेका थिए ।

अमेरिकामा गत २२ डिसेम्बर देखि शटडाउनको अवस्था सृजना भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob