scheduleआइतवार फाल्गुन ५ गते, २०७५

पुसमै फूल्यो लालिगुराँस, पोखराको काहुँ ढकमकै

पोखरा, १ माघ । फागुनमा फुल्ने गुराँस पुस महिनामा नै ढकमक फुलेपछि पछिल्लो समय काहुँडाँडामा पर्यटनको संख्या ह्वात्तै बढेको छ ।
गुराँस यसबर्ष पुसमै फूलेको हो । १ हजार ४ सय ४४ मिटर उचाईमा रहेको काहूँडाँडा सबै भन्दा कम उचाईमा गुराँस फूल्ने ठाउँ पनि हो ।

सामान्यतः १ हजार ४ सय मिटर उचाईभन्दा माथि मात्रै लालिगुराँस फूल्ने बनस्पतिका जानकार कमल मादेन बताउँछन् । उनका अनुसार तापक्रम बढी भएको ठाउँमा गुराँस पनि छिटो फूल्छ । ‘१४ सय देखि ३५ सय मिटरसम्म गुराँस फूलेको देखिन्छ । तापक्रमका कारण तल्लो क्षेत्रमा छिटो फूल्छ, उनले भने–अलि बढी उचाई भएका ठाउँमा साउनसम्म पनि गुराँस फूलेको देख्न पाईन्छ । यसको मूख्य कारण चाहीँ तापक्रम नै हो ।’

केहीले चाहीँ जलवायू परिवर्तनलाई पनि मुख्य कारण मान्ने गरेको उनले सुनाए । ‘ढिलो चाँडो फूल्ने बिषयमा जलबायू परिवर्तनका कुरा पनि आउँछन् । तर यही कारणले छिटो फूले जस्तो मलाई लाग्दैन, उनले अघि भने–कहिलेकाहीँ सामान्य समयमा भन्दा ढिलोचाँडो हुन्छ । त्यहाँ पनि त्यस्तै भएको होला ।’

अर्का विज्ञ दीपेश प्याकुरेल पनि जलवायू परिवर्तनलाई मुख्य कारण मान्दैनन् । ‘छिटो ढिलो फूल्ने कुरामा एउटै कारण मात्रै हुँदैन । जलबायू परिवर्तनको असर पनि होला । तर यो निकै न्यून हो, उनी भन्छन्–तर कहिलेकाहीँ विरुवाको जीवनचक्रमा अर्लि फार्मिङ पिरियड हुन्छ । मुख्य कारण चाहीँ यही हो ।’ एकबर्ष छिटो फूल्दैमा जलवायू परिर्वतनको कारण देखाउन नहुने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob