scheduleआइतवार भाद्र ८ गते, २०७६

तपाई आइपीओ भर्ने सोचमा हुनुहुन्छ ? लघुवित्तको ६ करोड ७४ लाखको आइपीओ आउँदै

काठमाडौं, १ माघ । नुवाकोटको ककनीमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । उक्त आइपीओ निष्काशनको लागि संस्थाले धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।

लघुवित्तले प्रतिकित्ता १०० रुपैंया अंकित दरको ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ निष्काशनको लागि बोर्डबाट अनुमति पाएको हो । संस्थाले पुस २९ गते उक्त अनुमति पाएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्दैछ । चुक्ता पूँजी १४ करोड रुपैयाँ रहेको लघुवित्तको आइपीओ निष्काशनपश्चात् चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ पुग्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage